भारतमा नेपाली महिलाको हत्या



काठमाडौं २१ असार 
भारतको पूणे गाँउमा अज्ञात समूहले घाँटी थिचेर एक नेपाली घरेलु कामदार महिलाको हत्या गरेको छ । पूणे गंगागाउँ समाजको महमदबाडीस्थित नेपाली मुलका सुकबहादुर तामाङको घरमा घरेलु कामदारका रुपमा काम गर्दै आएकी ३० वर्षीया साजु संग्राम तामाङको हत्या भएको स्थानीय भारतीय प्रहरीले जनाएको छ । 

सुकबहादुर घर बाहिर रहेका बेला भारतीय डाँकाहरुको एक समूहले साजुको घाँटी थिचेर हत्या गरेका थिए । हत्यारा समूहले साजुको साथमा रहेको ४० हजार भारतीय रुपैयाँ र त्यत्ति नै मुल्य पर्ने गरगहना समेत लुटेर लगेका छन् ।

Leave a Reply