नरेश गौतम,असार २१,टेक्सस अमेरिका
अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा नेपाली भाषी भुटनिज अमेरिकनले टेक्ससको ह्युउस्टनमा भव्य नेपाली सास्कृतिक कार्यक्रम सम्पन्न गरेका छन् । यहि जुलाई ४ मा भुटनिज कम्युनिटी अफ ह्युस्टनको आयोजनमा क्लाउड अपाटमेन्ट ६५२५ हिलक्राफ्ट ७७०८१ मा सास्कृतिक कार्यक्रम सम्पन्न भएको हो ।
दिल रिमालको प्रमुख आतिथ्यतामा एवम् भद्र राई सुसन हेभनर मार्क हेभनरले विशेष आतिथ्यता कार्यक्रम सम्पन्न भएको हो । विहान ९ वजेवाट सुरु भएको सास्कृतिक कार्यक्रममा सवै उमेर समुहका भुटानी मुलका नागरिकको सहभागीता रहेको थियो । अमेरिकाले स्वतन्त्रता दिवस मनाईरहदा नेपाली भाषी भुटानीहरुलाई कला सस्कृती र क्षमता देखाउन ठुलो अवसर मिलेकोमा निकै खुसी भएको टेक्सस ह्युशटनका स्थानियवासी कुवेर धमलाको प्रतिकि्रया रहेको छ । नेपाली पोसाकमा सजिएका दर्शक एवमं कलाकारहरुले नेपाली कला सस्कृतीलाई यो कार्यक्रमले प्रोत्साहन गरेको र समय समयमा सास्कृतीक कार्यक्रम गर्न आवश्यक रहेको अर्का एक दर्शक मोनिश गौतम वताउनुहुन्छ ।
