असार २१ नेपालगञ्ज ।
नेपालगंज नगरपालिकाले आर्थिक वर्ष सकिन १० दिन मात्रै बाँकी हुँदा ५ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरेको छ । जिल्ला जन स्वास्थ्य कार्यालय बाँकेको अनुरोधमा नगरपालिकाको २ वटा वडामा शहरी स्वास्थ्य क्लिनिक संचालन गर्नका लागि २ जना अनमी, २ जना अहेव र एक जना स्टाफ नर्स भर्ना गरिएको हो । नगरपालिकाले मौखिक परिक्षा लिएर राजनीतिक दलका आफन्तलाई नियुक्ति दिएको आरोप परिक्षामा सहभागि प्रशिक्षर्थिहरुले लगाएका छन् । चैत २४ गते स्थानिय पत्रिकामा बिज्ञापन गरी नगरपालिकाले असार पहिलो साता मौखिक परिक्षा लिएको थियो । स्थानिय स्वायत शासन ऐन अनुसार लोक सेवा आयोगको प्रतिनिधि समेतको पदपुर्ति समितिबाट लिखित मौखिक परिक्षा लिएर करारमा कर्मचारी भर्ना गर्नु पर्ने कानुनी ब्यबस्था छ । अन्र्तवार्तामा बिषय बिशेषज्ञको रुपमा सहभागी भएका जिल्ला जनस्वास्थ्य कार्यालय बाकेका प्रमुख जिवन कुमार मल्लले स्वास्थ्य
क्षेत्रसंग सम्बन्धित विषयगत क्षेत्रमा उत्कृष्ट भनेर मुल्याङकनमा परेका योग्य व्यक्तिसमेत छनौटमा नपरेको परिक्षार्थीको दावी छ ।