स्वास्थ्य कर्मी नै यस्तो भएपछी

साउन २७ रुकुम । कार्यालय समयमै मदिरापान गर्ने एकजना स्वास्थकर्मी पक्राउ परेका छन् । रुकुमको पश्चिममा अवस्थित कोटजहारी स्वास्थ्य चौकीमा मदिरापान गरी बिरामीलाई जाँच गर्दै गर्दा कार्यालयमा कार्यरत अहेव धनेश्वर कार्कीलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रशासनलाई बुझाएको छ ।

उनले कार्यालय समयमै मदिरापान गरी बिरामीलाई जाँच गरिरहेका थिए । उनलाई इलाका प्रहरी चौकी चौरजहारीबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो ।उनलाई आवश्यक कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन अधिकारीले बताउनुभयो । आवश्यक कारबाहीपश्चात् विभागीय कारबाहीका लागि जिल्ला अस्पताल सल्ले पठाउने तयारी पनि भएको छ । 

अत्यधिक मदिरापानका कारण स्वास्थ्यकर्मी कार्कीको स्वास्थ्य अवस्था नाजुकसमेत रहेको प्रहरीले बताएको छ ।

Leave a Reply