फेसबुकबाटै भविष्यवाणी


- साहारा संसार

     तपाई फेसबुक त पक्कै चलाउनु हुन्छ । त्यसो भए कि च्याट गर्ने की त साथी बनाउन मात्र फेसबुकलाई माध्यम बनाउनु हुन्छ होला होईन  तर पर्वतका भवानीप्रसाद शर्माले भने फेसबुकबाट ज्योतिषीको रुपमा काम गर्छन । चिना र हात हेरेर भविष्यका बारेमा बताउन  सडकका गल्ली र चोकमा कार्यालय खोलेर बस्ने ज्यातिषको संख्या धेरै भएपनि उनले नयाँ प्रविधि प्रयोग गरेर कम्प्युटर मार्फत फेसबुकबाट अनुहार हेरेर भविष्य बताउने गरेका छन् । 

उनले फेसबुकमा फेसबुक ज्योतिष फोटो हेरेर भनी नाम राखी अनुहारबाट सबैकॊ ग्रहदशा आनी वानी तथा भुत वर्तमान र भविष्यको वारेमा बताउने गरेका छन् । 

सुरुमा त म अनुहार हेरेर तपाईको बारेमा बताउँ भन्दा कसैले पत्याउंदैननु उनले भनेुतर फोटो हेरेर सबैको भविष्य बताएपछि सबैले धन्यवाद नदिई सुखै पाउंदैनन ।ु  करिव ८ वर्ष अगाडी देखी अनुहारवाट मानिसको ग्रहदशा आनी वानी तथा भुत वर्तमान र भविष्यको वारेमा अनुसन्धान गरिरहेका छन् । शर्माले पछिल्लो समयमा फेसवुक मार्फत आफ्नो अनुसन्धानलाई अगाडी बढाएका छन् । यसो त शर्माले अनुहार हेरेर हालसम्म १ हजार भन्दा बढीको ग्रहदशा आनी वानी तथा भुत वर्तमान र भविष्यको वारेमा बताएका छन् भने फेसबुक मार्फत ७ महिना भित्र करिव १ सय ७० भन्दा बढीको भविष्यका बारेमा बताई सकेका छन् ।  

पेशाले पत्रकार उनले ज्योतीष शास्त्र हस्तरेखा वाट जस्तै अनुहारवाट समेत मानिसको ग्रह दशा तथा आनीवानीको वारेमा बताउन सक्ने नयाँ विधि पत्ता लगाएको दावि गर्दछन् । शर्माले आफुले हस्तरेखा वाट पनि भविष्यका बारेमा बताउने काम गरेका छन् । विदेशमा बस्ने विद्यार्थी तथा जागीरेहरुले सवैभन्दा बढी फेसवाट भविष्यको वारेमा जान्न फेसवुक मार्फत सन्देश पठाउने गरेको शर्माले बताए । यसो त शर्माले विभिन्न फरक-फरक मानिसहरु जस्तै डाक्टर प्रोफेसर पत्रकार कानुन व्यवसायी व्यपारी नेता राजनितिज्ञ तथा साहित्यकार जस्ता पेशामा लागेका हरुलाई पनि अनुहार रेहेर उनीहरुको वारेमा जानकारी गराई अचम्म पारीसकेका छन् । उनले भविष्यका बारेमा भनिदिन आग्रह गरेपछि पालैपालो फेसबुकमा अनुहार हेरी सबैकुरा बताउंदै आएका छन् ।

भविष्य तथा आफ्नो आनीवानी सवैको बारेमा सोध्नेजति सबैले मिलेको भनी उनलाई धन्यवाद सहित आफुहरु यो विधिवाट अचम्म परेको उत्तर पठाउने गरेका छन् । ुपहिला त फेसबुकमा थोरै साथी हुन्थे र सहज रुपमा भविष्यका बारेमा सोधेका उत्तर दिने गर्थेु उनले भनेुअहिले त ३ सय साथी पुग्न लागे त्यही भएर समय मिलाएर पालैपालो भविष्य बताउने गरेको छु ।ु शर्माले अनुहारका अंगवाट मानिसको वारेमा अध्ययन गर्दै नयाँ कुराको खेजि गरि आफ्नो प्रतिभा देखाउन यस्तो कार्यको सुरुवात गरेको बताउँछन् । 

आंखा नाक कान ओठ दाँत आँखि भौं निधार गाला र चिउँडो हेरेर सबैको भविष्य बताउने गरेको शर्माले बताए । आफुले ९५ प्रतिशत मिल्नेमा दावि गरेपनि अहिले सम्म सोध्ने जतिको सय प्रतिशत नै मिलेको भन्दै कसैल्ो फेसबुकमै त कसैले मोवाईलमा फोन गरेर शर्मालाई धन्यवाद दिने गरेका छन् ।     फेसबुकबाटै आफ्नो आनीवानी तथा भविष्यका बारेमा जान्न पाउंदा फेसबुक प्रयोगकर्ता समेत आश्चर्यमा पर्ने गरेका छन् । काठमाण्डौकी निलम िसंह बस्नेतले आफ्नो वारेमा लेखिएका सबै कुराहरु मिलेको भन्दै आफु उक्त कलाले अचम्मित परेको फेसवुकमै लेखेकी छिन् । त्यसैगरी बनेपाकी दिपा मिमिल्सीना कैलालीकी अनु अधिकारी तनहुँकी भावना खतिवडा िसंधुलीकी भावना गुरुङ लगायतले फेसवुकमा नै आफ्नो वारेमा वताएको सत प्रतिशत मिलेको भन्दै धन्यवादको साथमा आफु अचम्म परेको लेखेका छन् । 

शर्माको यो कलावाट काठमाण्डौ स्थित रेडियो सगरमाथाका स्टेशन म्यानेजर घमराज लुइटेल र एटेना फाण्डेसनका कमल कोइराला पनि अचम्ममा परेको बताउनुहुन्छ । त्यसैगरी विदेशवाट पनि त्यस्तै खालका प्रतिकि्रया आउने गरेका छन् । दोहा कतार वाट विमल अधिकारी इजरायल वाट प्रभा शर्मा जर्मनीवाट प्रविना पुढासैनी लगायतले फेसवुकमा नै आफ्नो वारेमा वताएको सत प्रतिशत मिलेको भन्दै धन्यवादको साथमा आफु अचम्म परेको लेखेका छन् । त्यसो त उनले फरक र नयाँ खालको फेस देखेमा आफैले पनि साथी बनाएर उनको भविष्यका बारेमा जानकारी दिने गरेका छन् । फेसबुकबाट भविष्य बताउने कार्य आफुले पहिलोपटक सुरु गरी सबैलाई आश्चर्यमा पारेको उनी बताउंछन् । फोटो हेरीसकेपछि शर्माले प्रत्येक व्यक्तिको वारेमा ३ पेज भन्दा बढी लेखेर म्यासेज पठाउने गरेका छन् । 

एक जनाको वारेमा ५० बटा भन्दा बढी कुराहरु लेखिन्छ यो देख्दा सबै आश्चार्यचकित पर्ने गरेका छन् शर्माले भने । यसरी विहान र बेलुका १/१ घण्टा कम्प्युटरमा बसेर विना शुल्क इन्टरनेट मार्फत भविष्य बताउने गरेका छन् । धौलागिरि पोष्ट साप्ताहिक तथा प्रेक्षा मासिकका सम्पादक तथा पर्वतको कुश्मा स्थित रेडियो शालिग्रामका स्टेशन म्यानेजर समेत रहेका शर्माले पत्ता लगाएको यो विधि अहिले विवाह प्रयोजनमा पनि उपयोग भैरहेको छ । कसैले आफुले विवाह गर्न खोजेको केटा अथवा केटीको फोटो इमेल गरेर वा फेसवुकमा राखेर उसको आनीवानीको वारेमा बुझीदिन पनि अनुरोध आउने गरेका छन् ।

 यसरि फेसवुक वाटै केटा केटीको बारेमा हेरेर उपयुक्त भएको भनेर म्यासेज पठाएपछि उनीहरुको विवाह समेत हुने गरेको उनको भनाई छ । अपराध पत्रकारितामा लामो समय अगाडी देखी कलम चलाउँदै आएका शर्माले अपराध कथा लेख्ने क्रममा अपराधि तथा आरोपितहरुको अनुहार र उनीहरुको बारेमा बुझ्न थालेपछि यसको शुरुवात गरेको बताए । यसको लागि उनले विभिन्न पेशा तथा व्यवसायको साथै फरक फरक स्वभाव तथा अनुहार भएका एक हजार भन्दा बढी मानिसहरुको बारेमा अनुसन्धान गरेको जानकारी दिए । शर्माले अनुहार लक्षण सम्वन्धी पुस्तकको तयारी समेत गरेका छन् । ुलेखेर तयार भेसकेको छ अझै एक वर्ष प्रयोग तथा अनुसन्धान गरेपछि मात्र प्रकाशन गर्ने छु शर्माले भनेका छन् । 

Leave a Reply