साउन २७काठमाण्डौ । आज १२ अगस्ट संसारभर विभिन्न कार्यक्रमसहित अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घको आह्वानमा हरेक वर्ष अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । यस वर्ष ूस्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहको निर्णय प्रकि्रयामा युवालाई सकि्रयरुपमा सहभागी हुने अवसर प्रदान गरिनुपर्छू नारा तय गरिएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा प्रधानमन्त्री झलनाथ खनालले दिनुभएको शुभकामना सन्देशमा मुलुक परिवर्तनका संवाहक युवा समुदायले हरेक परिवर्तनमा सशक्त र सकि्रय भूकिा निर्वाह गर्दै आएकोले त्यसलाई गौरवका साथ लिनुपर्ने उल्लेख गर्नुभएको छ । युवा समुदायको सशक्तिकरण गर्न शिक्षा व्यावसायिक तथा सीपमूलक तालिम स्वास्थ्य रोजगारी र घटाउन स्वरोजगारका कार्यक्रम ल्याई राष्ट्रको समृद्धि युवाको रोजगारी भन्ने राष्ट्रिय अभियान थालनी हुन लागेको पनि प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ । युवा शक्तिको प्रभावकारी परिचालन विना नेपालको सर्वाङ्गीण विकास हुन नसक्ने धारणा पनि प्रधानमन्त्रीले सन्देशमार्फत व्यक्त गर्नुभएको छ ।
यसैगरी युवा तथा खेलकुद मन्त्री ओनसरी घर्ती मगरले पनि शुभकामना सन्देश जारी गर्दै शैक्षिक आर्थिक सामाजिक सांस्कृतिक तथा राष्ट्रको चौतर्फी विकासमा युवा शक्तिलाई परिचालन सकेमा नयाँ नेपाल निर्माणको अभियान सफल हुने बताउनुभएको छ । उहाँले देशका मुख्य उत्पादक जनशक्तिका रुपमा रहेको युवा समुदायलाई बेरोजगारीको डरलाग्दो खाडलबाट मुक्त गर्ने चुनौती यतिखेर सबैको काँधमा आएको पनि बताउनुभएको छ ।
देश विकासका हरेक क्षेत्रमा युवा शक्तिलाई सकि्रय बनाउन नेपाल सरकारले राष्ट्रिय युवा नीति २०६६ लाई कार्यान्वयनमा ल्याएर काम गरिरहेको पनि मन्त्री मगरले उल्लेख गर्नुभएको छ ।
