विनोद शर्मा
साउन २८ नवलपरासी । स्वास्थ्यमन्त्री लोकेन्द्र विष्टले भरतपुरको वीपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा घाँटीको विरामीको पाठेघरको शल्यकृया गर्ने चिकित्सक तथा कर्मचारीलाई कारबाहि गर्ने बताउनुभएको छ । चिकित्सकले यो घटनालाई सामान्य भन्दै ढाकछोपको प्रयास गरिरहेका वेला मन्त्री विष्टले दोषीलाइृ कारबाही गर्ने जानकारी दिनुभएको हो ।

साचारकर्मीहरुसँगको कुराकानीमा मन्त्री विष्टले दोषीलाई क्षमा दिन नसकिने बताउनुभएको हो । स्वास्थ्यमन्त्रीको यस्तो प्रतिकृया आएपछि पीडित छमकुमारीका आफन्तले राहतको महशुस गरेका छन् । यसैबीच छमकुमारी बोहराको सम्पूर्ण उपचार खर्च भरतपुर क्यान्सर अस्पताल चितवनले बेहोर्ने भएको छ । पीडित पक्ष र अस्पताल प्रशासनबीच गएराती अबेर भएको वार्तामा यस्तो सहमति भएको अस्पतालद्धारा गठित छानबिन समितिका प्रवक्ता डा देजकुमार गौतमले जानकारी दिनुभयो ।
अहिलेसम्मको सबै खर्च र आगामी दिनमा उपचारमा लाग्ने खर्च तथा विदेश लानुपरे पनि अस्पतालले नै खर्च बेहोर्ने सहमति भएको गौतमले जानकारी दिनुभयो । हिजोको छलफलमा घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्नेसमेत सहमति भएको छ ।