दोहोरो नागरिकता लिने एक महिला पक्राउ

प्रकाश सुन्दास
 साउन २८ काभ्रे । वास्तवितक नाम परिवर्तन गरि दोहोरो नागरिकता लिने काभ्रेपलााचोक जिल्ला जैसिथोक गाविस-२ की सिङ्ग माया तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

३४ वर्षीया तामाङले जिल्ला प्रशासन कार्यालय धुलिखेलबाट २०६५ साल कात्र्तिक २५ गते ३०१०२८ नम्बरको नेपाली नागरिकताको प्रमाणपत्र लिएको र पछि उनैले साचमाया दनुवारको नामबाट प्रशासन कार्यालय धुलिखेलबाटै २०६८ साल असार १४ गते १७३३९० नम्बरको नागरिकता लिएको खुलसा भएपछि प्रहरीले पक्राउ गरेको हो ।

 तामाङलाई संशोधन नागरिकता ऐन २०६३ बमोजिम कारबाही अघि बढाइने काभ्रेका प्रहरी निरीक्षक अरुण िसंहले जानकारी दिनुभयो ।

Leave a Reply