आज भोलीमा शान्ति प्रक्रिया अगाडि नबढ्ने प्रचण्डको खुलासा

 साउन २८ काठमाडौ । आज भोली भित्रमा शान्ति प्रक्रियामा ब्रेक  थु् गर्ने घोषणा गरेका एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले भदौ पहिलो साताबाट मात्र शान्ति प्रकि्रया अगाडि बढ्ने दावी बताएका छन् । माओवादी पार्टी निकट धनकुटा-काठमाडौ गणतान्त्रिक मन्चले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले यस्तो बताएका हुन ।

अध्यक्ष प्रचण्डले भदौको पहिलो साताबाट शान्ति प्रकि्रया अगाडि बढ्ने र संविधानको पहिलो मस्यौदा पनि तयार हुने दावी गरे ।उनले भने- भदौको पहिलो साताबाट सबै काम सुचारु हुन्छ । सहमतिबाटै शान्ति र संविधान निष्कर्षमा पुग्छ । अब मुलुकले पाँच बुँदे सहमतिको बाटो बाट अगाडि बढेर निकास पाउँछ ।

उनले शान्ति प्रकि्रयाका मुलभुत विषयमा सहमति बनेर भदौ पहिलो साताबाटै शिविरमा रहेका लडाकुहरुको बर्गिकरणको काम सुरु हुने दावी गर्दै शान्ति र संविधान निर्माणको नेपाली जनताको चाहना पुरा हुने विश्वास ब्यक्त गरे ।

Leave a Reply