साउन २८ काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रमुख तीन राजनीतिक दल सत्ता र कुसर्ीप्रति केन्द्रित भएकाले नै जनताको शान्ति र संविधानको लक्ष्य पुरा हुन नसकेको विचार व्यक्त गर्नुभएको छ । पार्टीको पाँचथर-काठमाडाँै सम्पर्क समाजद्वारा आज यहाँ आयोजित अन्तकिर््रया कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष थापाले अब संविधानको म्याद थप गरेर शान्ति र संविधान जनताले प्राप्त गर्न सक्दैनन् भन्ने प्रमाणित भइसकेकाले नयाँ जनादेशमा जानु नै उपयुक्त विकल्प भएको र यसमा राजनीतिक दल बुद्धिजीवी र नागरिक समाजबीच बहस हुनुपर्छ भन्नुभयो ।
संविधानसभाको म्याद थप्नु अन्तरिम संविधानको भावना र सर्वोच्च अदालतको फैसलाविपरीत भएको तर्क गर्दै अध्यक्ष थापाले सो कुरा राजनीतिकरुपमा पनि अनैतिक हुने उल्लेख गर्नुभयो ।
कार्यक्रममा पार्टीका सहअध्यक्ष पद्मसुन्दर लावतीले मुलुकको हितका लागि अब संविधानसभामा रहेका २८ दल ठूला तीन दलविरुद्ध एक हुनुपर्ने बेला भएको विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा पार्टीका महासचिव गणेश शेरचन राप्रपा नेपाल संसदीइ दलका नेता चन्द्रबहादुर गुरुङ तथा केन्द्रीय सदस्य डा। शास्त्रदत्त पन्त विष्णु भट्टराई सगुन लावती र समाजका अध्यक्ष आशबहादुर सम्बाहाम्फेले जनताले सही लोकतन्त्रको उपभोग गर्न नपाएको मुलुकमा भ्रष्टाचार महँगी असुरक्षा बढ्दै गएको सत्ता पक्षका दलबाट पत्रकारमाथि आक्रमण भइरहेको विदेशी सहायताको दुरुपयोग गरिएको विचार राख्नुभएको थियो ।
