पूर्वाञ्चल स्तरीय कञ्चनजंघा च्यालेन्ज रनिङ कप फुटबलमा तीन टीम क्वाटर फाईनल प्रवेश

 साउन २७ ताप्लेजुङ । ताप्लेजुङमा सन्चालित पूर्वाञ्चल स्तरीय  कञ्चनजंघा च्यालेन्ज रनिङ कप पुरुष तथा महिला फुटबल प्रतियोगिताको आज भएको पुरुषतर्फको खेलमा दमक नगरपालिका, शसस्त्र प्रहरी बल, फ्रेन्डसिप स्पोर्टिङ क्लब क्वाटर फाईनलमा प्रवेश गरेका छन् । 

आज भएको प्रि क्वाटर  फाईनल खेलमा दमक नगपालिकाले  नव प्रतिभा युथ क्लब हाङदेवालाई १ का विरुद्ध २ गोलले हराएको छ । विसिएस युथ क्लब र चारतारा स्पोर्टिङ क्लब लेटाङबीच हुने खेलमा लेटाङ नआएपछि विसिएल क्लब सावादिन सेमीफाईनलमा प्रबेश गरको छ । 

भोलि मनमाया स्पोटिङ क्लब र जिमी पोखरीबीच पहिलो खेल, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ र दमक नगपालिकाबीच दोस्रो  महिलातर्फको स्वीकृत स्पोर्टिङ क्लब झापा र नाइन स्टार युनाईटेड युथ क्लबबीच र अन्तिम खेल फेन्डसिप स्पोटिङ क्लब फुङलिङ र शसस्त्र प्रहरी बल ताप्लेजुङबीच हुने आयोजक समितिका अध्यक्ष युगराज गुरुङले बताउनुभयो ।

Leave a Reply