पाँच नेपाली मलेसियाको जेलमा

भगीरथ अवस्थी
 साउन २६ बैतडी। वैदेशिक रोजगारीका लागि गएका पाँच नेपाली मलेसियाको जेलमा थुनिएका छन् । ललितपुरको मेभ ओभरसिज प्रालिबाट रोजागारीका लागि मलेसिया गएका उनीहरु पक्राउ परेका हुन् ।


केमिकल कम्पनीमा काम लगाइदिने भन्दै ओभरसिजले मलेसिया पठाएको पीडित हेम नाथले जानकारी दिनुभयो । कम्पनीबाट गएका बैतडी गोकुलेश्वर ९ का महादेव नाथ जनक नाथ हेम नाथ र कपिलवस्तुको महेन्द्रकोट ४ का बेदप्रसाद पौडेल र रुपन्देही गैसेरीका चुडामणि गैरे मलेसिया पुगेर थुनिनु भएको हो ।

अवैध रुपमा मलेसिया आएको भन्दै त्यहाँको प्रशासनले नियन्त्रणमा लिएको पीडितले बताएका छन् । उनीहरुले नेपाल फिर्तिका लागि आवश्यक प्रकि्रया चाल्न सरकारसँग अनुरोध गरेका छन् ।

Leave a Reply