साउन २६ नुवाकोट। सूचना तथा सञ्चार मन्त्री एवं एकीकृत माओवादीका सचिव पोष्टबहादुर बोगटीले अब बन्ने सरकारमा उपाध्यक्ष डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बन्ने बताउनुभएको छ ।
गृह जिल्ला नुवाकोटमा बिहिबार आयोजीत पत्रकार सम्मेलनमा बोगटीले कांग्रेस र मधेशी दलले समेत माओवादीको नेतृत्व स्वीकार गर्ने सहमति बनिसकेको बताउनुभयो । उहाँले सहमति कहीले भएको हो भन्ने बारेमा भने केही बताउनुभएन ।
वर्तमान सरकारले राष्ट्रिय सहमतिको सरकार गठनका लागि आधार तयार गरिसकेको उल्लेख गर्दै मन्त्री बोगटीले भदौ १४ मा संविधानको मस्यौदा ल्याउन एमाओवादी तयार रहेको बताउनुभयो ।