घोडाघोडी तालममा गोहीको संख्या बढेपछि माछापालक किसान चाहिं चिन्तित

 साउन २८ कैलाली।   कैलाली जिल्लाको मध्यवर्ती क्षेत्रमा रहेको विश्व रामसार क्षेत्रमा सुचिकृत घोडाघोडी तालमा गोहीको संख्या बृद्धि भएपछि माछापालक किसानहरु चिन्तित बनेका छन् । हाल गोहीको संख्या वृद्धि बढे पछि खेतमा, कुलामा र घोडाघोडी क्षेत्रको जङ्गलमा समेत गोही पाइन थालेका छन् । 

घोडाघोडी ताल आसपास रहेका १८ वटा तालमा व्यवसायीकरुपमा माछा पालन गरिएको छ । गोहीको संख्या वृद्धि भएपछि व्यवसायीहरुले पालेका माछा खाइदिन थालेपछि माछापालक किसानहरु चिन्तित भएको स्थानीय माछा पालक सुनील सापकोटाले बताउनुभयो । केही समययता घोडाघोडी क्षेत्र संरक्षण सम्बद्र्धन तथा जनजागरण मञ्च सुखड र सिमसार संरक्षण तथा सदुपयोग आयोजनाको साझेदारीमा संचालित समुदायमा आधारित चोरी शिकारी नियन्त्रण समूह दैनिक रुपमा गस्ती गर्न थाले पछि गोहीको संख्यामा वृद्धि भएको बताइएको छ । 

घोडाघोडी तालमा गोहीको संख्यामा वृद्धि भए पछि उनीहरुलाई आहार र बासस्थान अपुग भए पछि ताल बाहिर गएको बताइएको छ ।

Leave a Reply