साउन २८ इलाम ।राजमार्ग छेउमा अव्यवस्थित रुपमा राखिएका गाडि बनाउने ग्यारेज हटाउन इलाम नगरपालिकाले ४५ दिने सुचना जारी गरेको छ । राजमार्ग छेउमा गाडि बनाउने ग्यारेज राख्न नपाउने कानुनी प्रावधान विपरित इलाम नगपालिकाको जिरो किलोमिटरमा संचालित ग्यारेज हटाउन उक्त सुचना जारि गरिएको हो ।
हरित नगर निर्माणमा जुटेको इलाम नगरपालिकाले सदरमुकाम प्रवेश गर्ने मुख्य द्धारमा राखिएका ग्यारेजका कारण इलाम भ्रमणमा आउने पर्यटकबाट नराम्रो सन्देश जाने गरेको भन्दै हटाउन आग्रह गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख डम्बर बहादुर थापाले जानकारी गराउनुभयो ।