जिल्ला वन कार्यालय इलाममा राजस्व संकलनमा गिरावट

 साउन २६ इलाम । सरकारले कडा काठ कटानीमा प्रतिवन्ध लगाएपछि जिल्ला बन कार्यालय, इलाममा राजस्व संकलनमा गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा तीन गुणाभन्दा कम राजस्व स्ंकलन भएको छ ।

 आर्थिक वर्ष ०६६÷०६७ मा एक करोड १२ लाख ३७ हजार चार सय २२  रुपैया“ राजस्व संकलन भएकोमा गत आर्थिक वर्षमा ३० लाख २० हजार चार सय ५६ रपैया“ मात्र  राजस्व संकलन भएको संकलन भएको जिल्ला बन कार्यालयले जनाएका छ ।

Leave a Reply