सिन्धुलीमा तिनवटा नगरपालिका प्रस्ताव गरिने

द्धारिका काफ्ले
 साउन २७ सिन्धुली । नगर क्षेत्र निधारण तथा सिफारिस समितिको विहिवार वसेको वैठकले सिन्धुली जिल्लामा थप ३वटा नगरपालिका प्रस्तावित गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष तथा स्थानीय विकास अधिकारी ध्रुव वहादुर खड्काको अध्यक्षतामा वसेको वैठकले यस्तो सिफारिस गर्ने निर्णय गरेको हो । स्थानीय विकास मन्त्रालयको कार्ययोजनामा स्थानीय विकास अधिकारीको अध्यक्षतामा यस्तो सर्वदलीय प्रतिनीधित्व रहने गरी समिति वनाउने र त्यसले संभावित नगर उन्मुख गाविसलाई मिलाए र नगरपालिका प्रस्ताव गर्न सक्ने प्रावधान छ । 


विहिवारको वैठकले टाँडी लदाभिर र दुधौली गाविस मिलाएर दुधौली नगर पालिका वनाउन प्रस्ताव गर्ने भएको छ । त्यसै गरी वेलघारी र भिमस्थान गाविस मिलाए र तीनपाटन नगरपालिका र कल्पवृक्ष कपिलाकोट र महादेवस्थान गाविस मिलाएर कपिलाकोट नगरपालिका प्रस्ताव गर्ने निर्णय भएको छ । वैठकमा माओवादी नेपाली काँग्रेस एमाले एकिकृत लगाएतका दल तथा प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो । 


वैठकले दुधौली नगरपालिकाको केन्द्र खोरभन्ज्याङ तीनपाटन नगरपालिकाका लागि वेलघारी र कपिलाकोट नगरपालिकाका लागि छापलाई सदरमुकाम वनाउने प्रस्ताव समेत गरेको छ । नेपाल सरकारको नियममा पहाडी जिल्लामा नगरपालिका धोषणा गर्न १० हजार जनसंख्या चाहिने व्यवस्था छ । माथिका गाविसहरु मिलाएर वनाईने नगरपालिकामा २०५८ को जनगणना अनुसार  दुधौलीमा २४  हजार ४२  तीनपाटनमा ९हजार ६सय १७ र कपिलाकोटमा २५ हजार १सय ८ जनसंख्या रहेको छ । 

Leave a Reply