प्रधानमन्त्रीले भोलि नै राजिनामा दिने प्रमुख सल्लाहकार को भनाइ

 साउन २७ काठमाडौ। प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार प्रकास ज्वालाले पूर्व घोषणा अनुसार नै प्रधानमन्त्री झलनाथ खनालले भोली पदबाट राजिनामा गर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शुक्रवार आयोजना गरेको साक्षात्कारमा प्रमुख सल्लाहकार ज्वालाले सहमतिको आधार निर्माणको लागी प्रधानमन्त्रीले राजिनामाको घोषणा गरेको भन्दै भोली सम्म सहमति नबने राजिनामा दिने स्पष्ट पार्नुभयो ।उहाँले भन्नुभयो–सहमति नबने राजिनामा दिनु हुन्छ । दलहरुवीच सहमति भए सहमति अनुसार नै गर्नु हुन्छ । अब प्रधानमन्त्री टासिएर बसिरहने पक्षमा हुनु हुन्छ ।  प्रधानमन्त्री राजिनामा गर्ने प्रतिबद्धतामा दृढ हुनु हुन्छ ।

सहमतिको सरकार निर्माण गर्ने , शान्ति प्रक्रिया निष्कर्समा पुर्याउने र संविधान निर्माण गर्ने मिसनमा प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको सरकार असफल भएको स्विकार गर्दै उहाँले भोलीसम्म शान्ति प्रक्रिया अगाडि बढाउने र सहमतिको सरकार निर्माण गर्ने सम्बन्धमा ठोस सहमति बन्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो–दलहरुवीच गहन छलफल भईरहेको छ । भोलीसम्म शान्ति र सहमतिको सरकारको विषयमा सहमति बन्न सक्छ ।

Leave a Reply