साउन २७ पर्बत । पर्वतको पीपलटारी गाविसबाट साउन १५ गत्ते अपरहणमा परेका भनिएका दुई बालिकाको हत्या आफ्नै बाबुले गरेको पुष्टि भएको छ । अपहरणमा परेका भनिएका कृष्ण तिवारीका छोरीहरु ८ बर्षीया नमुना र ६ बर्षीया नबिनालाई तिवारी आफैंले हत्या गरेको पुष्टि भएको हो ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी बाबुले नै दुबै छोरीको हत्या गरेको जानकारी दिएको हो । घरको आर्थिक कारणले गर्दा तिवारीले राती सवा १० बजे निजिकैको मोदिखोलाको पुलमा लगेर दुबै छोरीलाई जिउँदै नदिमा फालेर हत्या गरेको बयान दिएका छन् ।
अनुसन्धान जारी रहेकाले घट्नामा अन्य अपराधीको पनि संलग्नता हुन सक्ने प्रहरीको आंशका छ ।