सात बुंदे सहमति खारेज गर्नु पर्ने माओबादी उपाध्यक्ष भट्टराईको धारणा

 साउन  २७ काठमाडौ । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष डा बाबुराम भट्टराईले सरकार गठनका सन्दर्भमा प्रधानमन्त्री झलनाथ खनाल र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डवीच भएको सात बुँदे सहमतिको औचित्य समाप्त भईसकेकोले त्यसलाई खारेज गर्नु पर्ने बताउनुभएको छ ।

बुँदे सहमति अनुगमन पत्रकार समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै उपाध्यक्ष भट्टराईले पछिल्लो समयमा पाँच बुँदे सहमति भएपछि सात बुँदे सहमतिको औचित्य सकिएको भन्दै पाँच बुँदे सहमति कार्यान्वय गरेर सहमतिको सरकार निर्माणका साथ अगाडि बढ्नु पर्ने तर्क गर्नुभयो । उहाँले पाँच बुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्रीले राजिनामा दिएर अगाडि बढेको भए सहमतिको यात्रा सुरु हुने अवस्थामा त्यसो नगरिएकोले समस्या उत्पन्न भएको तर्क गर्नुभयो ।

भट्टराईले एक-दुई दिन भित्रै शान्ति प्रकृयाको बिस्तृत खाका आउने पनि दावी गर्दै शान्ति प्रकि्रयाको सन्दर्भमा माओवादीको तर्फबाट ब्रेक थु्र हुने दावी गर्नुभयो ।

भट्टराईले शान्ति संविधान र सरकारलाई अलग अलग गर्दा समस्या आएको बताउँदै यिनीहरु नअलग्याइकन राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढेमा समस्याको समाधान हुने दावी गर्नुभयो ।

संघीयतामा जान काग्रेस आफ्नो परम्परागत ढाँचाबाट माथि आए समस्या समाधान हुने उहाँको ठहर थियो ।
सहमतिको सरकारको विकल्प नभएको भन्दै सहमतिको सरकारको नेतृत्व कसले गर्ने भन्ने कुरा पनि सहमतिमै टुङग्याउनु पर्ने सुझाव दिनुभयो ।

Leave a Reply