सिरियासंगको राजनितिक र आर्थिक सम्बन्ध तोड्न अमेरिकाको आग्रह

 साउन २८ एजेन्सी ।अमेरिकी बिदेशमन्त्री हिलारी क्लिन्टनले अन्तराष्ट्रिय समुदायलाई सिरियासंगको राजनितिक र आर्थिक सम्बन्ध तोड्न आग्रह गर्नुभएको छ । क्लिन्टनले सिरियाबाट ग्यास र तेल आपूर्ति गर्दा राष्ट्रपति बशार अल असादलाई अत्याचार गर्न सुबिधा दिए सरह हुने बताउनुभयो । उहाले सिरियालाई हतियार बिक्रि बन्द गर्न पनि आग्रह गर्नुभयो । 

सिरियामा सरकार बिरोधी प्रदर्शनकारी बिरुद्ध सैनिक कारबाही जारी रहेका बेला क्लिन्टनको पछिल्लो प्रतिक्रिया सार्बजनिक भएको हो । हिजोमात्र सिरियाको बिभिन्न शहरमा भएको प्रदर्शनमा १६ भन्दा बढीको ज्यान गएको थियो । गत मार्च यता राष्ट्रपति असादको शासन बिरुद्ध भएको प्रदर्शनमा १७ सय भन्दा बढीले ज्यान गुमाईसकेका छन् भने हजारौ मानिस पक्राउ परेका छन् ।

Leave a Reply