साउन २८ काठमाडौँ ।नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नैतिकताको आधारमा प्रधानमन्त्री झलनाथ खनालले राजिनामा दिनुपर्ने बताउनु भएको छ । उहाँले प्रधानमन्त्रीको राजिनामाको विषयमा संस्थागत रुपमा एमालेले निर्णय गरेकोले राजिनामा हुने र हुनुपर्ने बताउनु भयो ।
काठमाडौंमा शनिवार दोलखाली बुद्धिजिवि भेला तथा सम्पर्क पचंका पुर्व अध्यक्षहरुलाई सम्मान कार्यक्रममा महासचिव पोखरेलले राष्ट्रिय सहमति सरकार निर्माण गरि शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन असफल भएकाले प्रधानमन्त्रीले राजिनामा दिनुको विकल्प नभएको बताउनु भयो ।नेताहरु संस्थागत ढगंले चल्न नचाहने रोगबाट ग्रसित भएको भन्दै महासचिव पोखरेलले एमाले पार्टी माओवादी र काँग्रेससँग मिलेर अगाडी बढे आफ्नो अस्तित्व गुम्ने खतरा औंल्याउनुभयो ।
सेना समायोजनको विषयमा माओवादी मौन रहेको आरोप लगाउँदै महासचिव पोखरेलले बेपत्ता परिवार, सम्पति फिर्ता, लडाकुका शिविर खाली गर्ने लगायतका विषयहरुमा टुंगो नलागेसम्म शान्ति प्रकृया निष्कर्षमा नपुग्ने धारणा राख्नु भयो ।
विभिन्न राजनितिक दलका नेताहरुले सत्तामोहलाई त्यागेर शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउन एकताबद्ध भएर लाग्नुपर्ने बताएका छन् ।संविधान सभाबाट दलहरुले संविधान निर्माण नगरे शहिदहरुको बलिदान खेर जाने हुनाले संविधान निर्माणकोलागि दलहरु एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
काठमाडौंमा शनिवार शान्ति,संविधान र द्धन्द्ध पिडितहरुलाई न्याय विषयक छलफल कार्यक्रममा बोल्दै नेताहरुले यस्तो बताएका हुन् । दलका नेताहरुले द्धन्द्धपिडीतहरुलाई सम्मानकासाथ राज्यले राहत प्रदान गर्नुपर्ने र उनिहरुलाई शिक्षा,स्वास्थ्य तथा रोजगारीका अवसर प्रदान गरेर उनिहरुको भविष्यको ग्यारेण्टि गर्नुपर्ने बताए ।
कार्यक्रमा मानव अधिकार कर्मिहरुले देशमा लगभग द्धन्द्धकालको अन्त्य भईसकेको अवस्थामा पिडितहरुलाई राज्यले राहत प्रदान नगरेर महंगिको मारको समस्यामा उनिहरुलाइृ अप्ठ्यारोमा पारेको बताए ।
त्यसैगरि कार्यक्रमा उपस्थित भएका द्धन्द्धपिडीत परिवारहरुले सरकारले राहत प्रदान नगरेकोमा गुनासो व्यक्त गरेका छन् ।द्धन्द्धकालको अन्त्य भएर भुमिगत अवस्थामा रहेको माओवादी सरकारमा आएको धेरै समय बिति सक्दा पनि व्यवहारिक रुपमा पिडीतहरुले राहत नपाएकोमा उनिहरुले गुनासो व्यक्त गरे ।
शान्तिप्रकृया र संविधान निर्माणलाई समयमै पर्णता दिनकोलागि युवासघंले दबाबमुलक र्यालिको आयोजना गरेको छ ।शनिवार काठमाडौंको चावहिलबाट जोरपाटीसम्म गरेको र्यालिमा अपराधिलाई राजनैतिक संरक्षण दिन नहुने,देशमा भ्ष्टाचारको अन्त्य हुनुपर्ने र बढ्दो रुपमा भईरहेको महंगिको नियन्त्रण गरिनुपर्ने जस्ता नाराहरु लगाएका थिए ।शान्तिप्रकृया र संविधान निर्माणकोलागि राजनितिक दलहरुबिच सहमति कायम नभएकाले विभिन्न समुहहरुले यस्ता दबाबमुलक कार्यक्रमहरु गर्दै आएका छन् ।
