दमौलीमा २५ सय जनाद्धारा सामुहिक रक्षाबन्धन ग्रहण

 साउन २८ तनहु ।दमौलीमा २ हजार ५ सय ५४ जनाले सामुहिक रुपमा रक्षाबन्धन बाँधेका छन् । ब्रह्माकुमारी राजयोग प्रशिक्षण केन्द्रको आयोजनामा सन्चालित सामुहिक रक्षाबन्धन ग्रहण कार्यक्रममा सो संख्याका सर्वसाधारणले रक्षाबन्धन ग्रहण गरेका हुन् ।

 केन्द्रले दमौलीस्थित ओमशान्ति भवनमा गरेको कार्यक्रममा २ हजार ४ सय १० जनाले रक्षाबन्धन ग्रहण गरेका हुन् । यस्तै, दमौली कारागारका ८० जना कैदीबन्दी तथा केबलजंग गुल्मका ८० जना सैनिक जवान र अधिकृतहरुले समेत सामुहिक रक्षाबन्धन ग्रहण गरेको केन्द्रका सचिव ब्रह्माकुमार राजु खड्काले जानकारी दिनुभयो । त्यसक्रममा ८५ जनाले धुमपान, मध्यपानसहितका कुलत त्याग्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् । उनीहरुले रक्षाबन्धन ग्रहण पश्चात आगामी दिनमा यस्ता पदार्थको प्रयोग नगर्ने प्रतिबद्धता जनाएको केन्द्रकी सन्चालिका ब्रह्माकुमारी यमुनाले जानकारी दिनुभयो । 

रक्षाबन्धन कार्यक्रममा यस पर्वको आध्यात्मिक रहस्यका बारेमा प्रवचन गरिएको थियो ।

Leave a Reply