देवकला कार्की
साउन २७ धनकुटा । धनकुटा जिल्लाको ३५ गाविस मध्ये १० गाउँ विकास समितिले न्यूनतम शर्तमापन पुरा नगरेको गाउँ विकास समितिहरुको न्यूनतम शर्तमापनको अध्ययन प्रतिवेदनले देखाएको छ । स्थानिय निकाय वित्तिय आयोगले न्युनतम शर्तपालना र कार्य सम्पादन मापनका आधारमा गाविसहरुले ऐन, नियम तथा निर्देशिका अनुसार कार्य सम्पादन गरे नगरेको आधारमा अनुगमन र अध्ययन गरी यस्तो प्रतिवेदन हालै सार्वजानिक गरेको हो ।
तोकिएको न्युनतम शर्त पुरा नगरेका गाविसहरुले थप अनुदान पाउने वा गुमाउने हुन्छ । जिल्ला विकास समिति धनकुटाका आन्तरिक लेखा परिक्षण अधिकृत भीम पोख्रेलका अनुसार गाविसका लागी १० वटा न्युनतम शर्त र सुचक रहेका हुन्छन् । जस मध्ये योजना छनौट, वजेट र वित्तिय व्यावस्थापन लगायतका विषय न्युनतम शर्तमा पर्दछन् । उहाले जिल्लाको १० वटा गाविसको आ.व. ०६६÷०६७ को कार्य सम्पादनको आधारमा न्युनतम शर्त पुरा नभएको वताउनु भएको छ ।
उहाले न्युनतम शर्त र कार्य सम्पादन पुरा नगर्ने गाविसहरुमा सुचक नम्वर ४ को लक्षित वर्गमा वजेट विनियोजन नगरेका कारण जिल्लाको डाँडावजार, भेडेटार, महाभारत, आहाले, छिन्ताङ्ग, चुङ्गवाङ्ग, पाख्रिवास, घोर्लिखर्क, अर्खौले जितपुर र चानुवा गाविस रहेका छन् ।
१० गाविसले लक्षित वर्गलाई वजेट विनियोजन नगरेका कारण न्युनतम शर्त ती गाविसले पुरा गर्न नसकेको जिल्ला विकास समिति धनकुटाका आलेप अधिकृत पोख्रेलले वताउनु भएको छ ।