पवन गुरुङ
साउन २७ गोरखा । सरोकारवालाहरुले गोर्खा जिल्लामा थप २ वटा नगरपालिकाको प्रस्ताव गरेका छन् । आज विहान जिल्ला विकास समितिको कार्यकक्षमा वसेको राजनीतिक दल, नागरिक समाज, पत्रकार एवं विभिन्न कार्यालयका प्रमुखहरुको सर्वपक्षिय वैठकले यस्तो प्रस्ताव अघि सारेको हो ।
प्रस्तावमा, थुमीको आर्खेत, आरु आरवाङको वयाक, आरुआरवाङ, आरुपोखरीको धारापानी क्षेत्र तान्द्राङको टारीफाँट लगायतका क्षेत्रहरु समेटेर आरुघाट नगरपालिका तथा आँपपिपल, गाईखुर, पालुङटार, मिरकोट १,च्याङलीको वडा नम्बर ६ समेटेर पालुङटार नगरपालिका बनाउन प्रस्ताव गरिएको छ ।
सो क्षेत्रहरुमा नगरपालिका बनाउनको लागि सबै पूर्वाधारहरु भएको र गोरखा नगरपालिकाको १, ४ र ९ वार्डहरु पनि केही नमिलेको हुँदा नयाँ नगरपालिका निर्धारण गर्दा ति वार्डहरुको पनि सिमाना मिलाउन समेत प्रस्ताव गरिएको स्थानीय विकास अधिकारी तिलक पौडेलले जानकारी दिनुभयो ।