साउन २७ डोटी । लामो समय सम्म विद्युत महसुल नबुझउने सरकारी कार्यालयका लाईन काट्ने उर्जा मन्त्रि गोकर्ण बिष्टको राष्ट्रब्यापि अभियानको क्रममा नेपाल विद्युत प्राधिकरणले हालसम्म विद्युत महशुल नवुझाउने सरकारी कार्यालयहरुको विद्युत लाईन कटौती गर्ने अभियान अनुसार डोटी जिल्लाका सरकारी कार्यालय तथा मठमन्दिरहरुको विद्युतलाईन कटौती गरेको छ ।
विद्युत प्राधिकरणले दिएको जानकारी अनुसार हालसम्म विद्युतको रकम नवुझाउने सरकारी कार्यालय तथा मठमन्दिरहरुमा जिल्ला स्वास्थ्य कार्यालय रु ५ लाख ९२ हजार ८ सय ५६, जिल्ला कारागार रु १ लाख ५९ हजार ७ सय ४६, जिल्ला प्रहरी कार्यालय रु १ लाख ४९ हजार ८ सय ३३, जिल्ला खेलकुद विकास समिति १६ हजार ८ सय १८, सानागाउ स्वास्थ्य चौकी २२ हजार ४०, नेत्र ज्योती संघ ५ हजार ४ सय भुक्तानी हुन वाकी रहेका छन । मठमन्दिरहरुमा डोटी जिल्लाको प्रसिद्ध मन्दिर शैलेश्वरी क्षेत्र विकास समिति, राधाकृष्ण मन्दिर तथा शिवालय मन्दिरहरु रहेका छन ।
उक्त प्राधिकरणका अनुसार जिल्ला रहेका अन्य सरकारी कार्यालय तथा हालसम्म विद्युत महशुल नवुझाउने ग्राहकहरुको जडान गरिएको विद्युतलाई कटौती गर्ने क्रम जारी रहेको प्राधिकरणमा कार्यरत खरिद नृपवहादुर मलासीले जानकारी दिएका छन ।