गोवरग्याँसको खाडलमा डुवेर वृद्धको मृत्यु


असोज १३ दमक।  झापाको दमकमा गोवर ग्याँसको निकास निस्कने खाल्डोमा डुवेर एक वृद्धको मृत्यु भएको छ । दमक-१५ को नेमासिंह तामाङको घरमा काम गर्न बसेका ठेगाना नखुलेका अन्दाजी ६० बर्षका छापे नाम गरेका वृद्धको सो खाल्डोमा डुवी मृत्यु भएको हो ।

घर पछाडिको ट्वाइलेट जाने क्रममा चिप्लिएर गोवर ग्याँसको निकास निस्कने खाल्डोमा जमेको पानीमा डुवी हिजो विहान उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Leave a Reply