लुटपाट गरेको अभियोगमा एक भुटानी शरणार्थी सहित छ जना पक्राउ


असोज १३ इलाम । लुटपाट गरेको अभियोगमा प्रहरीले एक भुटानी शरणार्थीसहित छ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ्ग र इलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा झापा जिल्ला दमक–१३ बस्ने जेम्स भन्ने भिमबहादुर नेम्वाङ, दमक–११ सिलभर रिपेरिङ्ग पसल गरी बस्ने तुकाराम गोड्से बम्बइया, बेलडाँगी–१ भुटानी शरणार्थी शिविर हट नं. १०२/१०३ सेक्टर बस्ने राकेश गजमेर, दमक–१४ बस्ने सोभित तामाङ्ग, मोरङ्ग जिल्ला पथरी–१ बस्ने सुरेन्द्र लिम्बु र मोरङ्ग जिल्ला बयरवन–८ बस्ने भिम बहादुर लिम्बु रहेका छन् ।
उनीहरुले असोज ७ गते मोरङ्ग बयरवन गाबिस–८ बस्ने सन्तोष फुँयाललाई सोही गाबिस–९ स्थित कानेपोखरी जंगलमा कुटपिट गरी नगद तथा सुनका गरगहना लुटेका थिए । उनीहरुबाट प्रहरीले नगद ७७ हजार ७ सय ९० रुपैयाँ र सुन ३४.७० ग्राम समेत बरामद गरेको छ ।

Leave a Reply