आरनमा काम गर्ने बुढापाका मात्रै

असोज १३ खोटाङ ।कृषि औंचारको निर्माण तथा मर्मत कार्यमा महत्वपूर्ण मानिएको घरेलु आरान खोटाङमा लोपोन्मुख अवस्थामा पुगेको छ । परम्परादेखि विश्वकर्मा जातिले आरान सञ्चालन गर्दै आएपनि, यूवा पुस्ताको अभाव र सम्बन्धित निकायले संरक्षण नगर्दा आरान लोप हुँदै गएको हो । 

विगतमा गाउँ–गाउँमा विश्वकर्मा जातिले आरान सञ्चालन गरेपनि, अहिले अधिकांश आरान बन्द गरेर उनीहरु अन्यत्र पेशामा लागेका छन् । धेरै दुःख गर्नुपर्ने र दःुख गरे अनुसारको पारिश्रमिक तथा सम्मान नपाईने हुनाले पनि युवा पुस्ताले यो पेशा नअंगालेको आरनमा काम गदै आएका बुढापाकाहरु बताउछन् ।

Leave a Reply