विदा नभनी शान्ति र संविधानमा केन्द्रित हुन सभामुखको सुझाव

असोज १३ काठमाडौँ। सभामुख सुवास नेम्वाङले विदा नभनेर दशैंको समयलाई पनि शान्ति र संविधान निर्माणका लागि खर्चिन दलहरुलाई आग्रह गर्नुभएको छ । संसदीय मामिला पत्रकार समाजले आज राजधानीमा गरेको चियापानमा सभामुख नेम्वाङले समय थोरै भएकोले उपलब्ध समयलाई खेर नफाल्न सुझाव दिनुभयो । 

देशमा शान्ति र संविधानको काम अगाडि बढाउन आफूले पनि आइपीयू सम्मेलन त्यागेको सभामुखको भनाई थियो । इन्टरपार्लियामेन्ट्रीको सभा आगामी असोज २७ गतेदेखि कात्तिक ४ गतेसम्म स्वीजरल्याण्डमा हुँदैछ । चियापानमा नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले माओवादीभित्रको विवादका कारण शान्ति र संविधान निर्माणको काम अलपत्र परेको आरोप लगाउनुभयो ।


Leave a Reply