कार्तिक १४ इलाम । तिहारको टिका लगाउन झापा हिँडेका इलामका एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । मंगलबारे गाविस वडा नम्वर – ७ का ४० बर्षीय पासाङ शेर्पा साँखेजुङमा मृत फेला परेका हुन् ।
गत विहीबार दिदीको हातको टिका लगाउन भनी झापा हिँडेका शेर्पा शनिवार दिउँसो ३ बजे इलामकै साँखेजुङ – ५ स्थित गोरेटोमा मृत फेला परेका थिए ।
टाउको तथा आँखामाथि चोट लागेको अवस्थामा उनको लास फेला परेको थियो । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।