कार्तिक १५ इलाम । एक्लाएक्लै गरिने खेतीमा विभिन्न समस्या देखिन थालेपछि झापाका किसान सामूहिक खेतीतर्फ आकर्षित भएका छन् । कृषि मजदुरको अभाव, चर्को ज्यालाका कारण एकल खेतीमा कठिनाइ हुन थालेपछि किसानहरू सामूहिक खेतीतर्फ आकर्षित भएका हुन् ।
यसै क्रममा लगनशील कृषक समुह लखनपुर-१ का किसानहरुले यतिवेला सामुहिक रुपमा धान काट्न शुरू गरेका छन् । हाल यस समुहमा ३० घर परीवार आवद्ध रहेका छन् । प्रत्येक घरबाट १ जना बिहान र बेलुका गरी ६ घण्टा खट्ने गरेका छन् । श्रमिकको अभाव खेतलाको महंगी बढ्दै गएपछि सामुहीक खेतीतर्फ आकर्षित भएको लगनशिल कृषक समुहका अध्यक्ष निर्मल कुमार चौहानले बताउनुभयो ।
सामूहिक रूपमा खेती गर्दा घरको १ जना मात्र खट्दा पनि सहजै सकिने भएकोले घरका अरु सदस्यहरुले अरु नै पेशा गर्न सक्ने भएकाले यतिबेता सबै कृषकहरुले अन्य पेशा पशुपालन व्यापार व्यवसायमा समेत समय दिन पाएका छन् । समुहले धान खेतीको अलावा आलुखेती, बेसार खेती, लगायतका काम पनि सामुहिक रुपमा गर्ने गरेको छ ।