शरणार्थीका कारण स्थानीय मजदुर मर्कामा परेको गुनासो



कार्तिक १३ इलाम । निर्माण क्षेत्रमा कार्यरत मजदुरहरूले भुटानी शरणार्थीहरूका कारण आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । भुटानी शरणार्थीहरूले इलाममा आएर स्थानीय मजदुरभन्दा सस्तोमा काम गर्न थालेपछि मजदुरहरूको संस्था नेपाल विजुली पेन्टर प्लम्वर तथा निर्माण मजदुर युनियन क्युपेक नेपालले भुटानी शरणार्थीहरूलाई जिल्लाबाट हटाउन माग गरेको छ ।

शरणार्थीले दुइ, अढाई सय रूपैंया सम्ममा निर्माण क्षेत्रमा ज्यालादारीमा काम गर्ने गर्छन् । तर, यहाँका मजदुरले तीन सय रूपैयाँसम्म ज्याला पाउँछन् । सस्तोमा काम लगाउन पाइने भएकाले शरणार्थीलाई नै काम लगाउने गरेको युनियनका सचिव कमलमणी खुलालले गुनासो गर्नुभयो । शरणार्थीका कारण यहाँका मजदुरले काम पाउन छाडेको अर्का मजदुर रेनुका चौहानले बताउनुभयो ।

Leave a Reply