असोज १४ इलाम । इलामको मङ्गलवारे गाविसमा एक पाँच बर्षीय बालिका बलात्कृत भएकी छिन् । मंगलबारेस्थित एक टेलरिङ्ग सेन्टरका सञ्चालक ३८ बर्षीय सन्तोष सुन्दासले ती वालिकालाइ वलात्कार गरेको प्रहरीले जनाएको छ ।
इलामको मंगलबारे बजारमा टेलरिङ्ग सेन्टर खोलेर बसेका झापाको बाहुनडाँगी गाविस वडा नम्बर ८ का वासिन्दा सुन्दासले ती बालिकालाई आफ्नै पसलमा बोलाएर जबरजस्ती गरेको बताईएको छ । पीडित परिवारले प्रहरीमा किटानी जाहेरी गरेपछि प्रहरीले आरोपी सुन्दासलाई पक्राउ गरेको छ ।
बलात्कृत बालिकालाई स्वास्थ्य परीक्षणका लागि जिल्ला अस्पताल इलाममा ल्याइएको छ ।पछिल्लो समयमा इलाममा आपराधिक घटना दिनप्रतिदिन बढ्दै गएको पाईएको छ ।