इलाममा निजी स्वास्थ्य निकायहरूबाट गर्भपतन गराउनेको संख्या बढ्दो

असोज १४ इलाम । सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रहरूमा पर्याप्त सुविधा भएको भएपनि इलाम जिल्लामा निजी तथा गैर सरकारी तवरवाट सञ्चालित स्वास्थ्य निकायहरूबाट गर्भपतन गराउनेको संख्या बढ्दै गएको छ ।

आर्थिक वर्ष०६७/०६८मा इलाममा ९ सय २९ जनाले गर्भपतन सेवा लिएकामा ५ सय ५४ जनाले मेरी स्टोप्स सेन्टरबाट गराएका छन् । त्यस अवधिका परिवार नियोजन संघबाट १ सय ८१ जनाले सेवा लिएका छन् ।
त्यस्तै मंगलबारे प्राथामिक स्वास्थ्य केन्द्रबाट ८० जनाले, जिल्ला अस्पतालबाट ८५ जनाले र पशुपतिनगर स्वास्थ्य केन्द्रबाट ८०जनाले सेवा लिएको जिल्ला अस्पतालले जनाएको छ ।

आर्थिक वर्ष ०६६/०६७ मा एक हजार ७४ जनाले सेवा लिएकोमा ७ सय ६ जनाले मेरी स्टोभ सेन्टरबाट सेवा लिएका छन् । त्यस्तै परिवार नियोजन संघबाट दुइ सय ९० जनाले सेवा लिएका छन् । त्यस अवधिका ७८ जनाले सरकारी स्वास्थ्य कार्यालयबाट सेवा लिएका छन् ।

अस्पतालमा अन्य किसिमका सेवाग्रहीहरु पनि आउने तर निजी सस्थामा एक किसिमका मात्र सेवाग्रही आउने भएकाले निजीतर्फ सेवाग्रहीको आकर्षण बढेको जिल्ला अस्पतालका लोकनाथ पौडेलले बताए ।

Leave a Reply