असोज १६ काठमाडौं। एकीकृत माओवादीका सभासद बालकृष्ण ढुङगेलद्धारा हत्या गरिएका ओखलढुङका उज्जनकुमार श्रेष्ठका आफन्तले आममाफि नदिन आग्रह गरेका छन् ।
राजधानीमा आज पत्रकार सम्मेलन गरेर श्रेष्ठका परिवारले हत्यामा संलग्न दोषी सभासद ढुङगेललाई राष्ट्रपतिले आमा माफि नदिन आग्रह गरेका हुन् । उनिहरुले सर्बोच्च अदालतबाट सर्बस्वस्व सहित आजीवन काराबासको सजाय पाएका ढुङगेललका कानूनी कारबाही गर्न माग गरेका छन् । २०६६ पुस १९ गते माओवादी सभासद ढुङगेललाई सर्बोच्च अदालतले सर्बस्वसहति आजीवन काराबासको सजाय सुनाएको थियो ।
मन्त्रिपरिषदको हिजो बसेको बैठकले हत्या अभियोगमा सर्बस्वसहित आजीवन काराबासको सजाय पाएका माओवादी सभासद ढुङगेललाई आममाफिका लागि राष्ट्रपति समक्ष सिफारीस गर्ने निर्णय गरेको थियो । सभासद ढुङगेललाई आमाफि दिन गरिएको सिफारीसको अधिकारवादी संघसंस्था र हत्या गरिएका श्रेष्ठका पीडित आफन्तले कानून अनुसार कारबाहीको माग गर्दै आएका छन् ।
पत्रकार सम्मेलनमा माओवादी सभासद ढुङगेलद्धारा हत्या गरिएका श्रेष्ठका आफन्तहरुले भावह्विल हुँदै दोषी सभासद ढुङगेललाई उन्मुक्ति दिनुभनेको कानूनी राज्यको ठाडो उपहास भएको बताएका थिए । २०५५ साल असार १० गते ओखलढुङगाबाट अपहरण गरेर सभासद ढुङगेलले श्रेष्ठको हत्या गरेका थिए ।