युवा समूहद्वारा गाँजा र तास वरामद


असोज १६ झापा। दमक-१२ का युवा समूहले झापाको दमकस्थित पशुहाट क्षेत्रबाट गाँजा, तासका बुङ र गाँजा तान्ने चिलिमसमेत बरामद गरी प्रहरीको जिम्मा लगाएका छन् ।

आइतबार अपरान्ह युवा समूहले बजारमा सार्वजनिक स्थलमा बसी गाँजा खाइरहेको स्थानबाट गाँजा, २ थान चिलिम र चार बुङ तास बरामद गरेका थिए । दशैंमा विकृति रोक्न युवा समूहले टोलमा निगरानी शुरु गरेका छन्।

Leave a Reply