असोज १६ काठमाडौं । भौतिक योजना तथा निर्माण मन्त्री एवम् तराई मधेश लोकतान्त्रिक पार्टीका उपाध्यक्ष हृदयश त्रिपाठीले सरकारले शान्ति प्रक्रियालाई टुङगाउन दशैं लगत्तै सेना समायोजनको रोडम्याप (मार्गचित्र) बिशेष समितिमा पेश गर्ने तयारी भईरहेको बताउनु भएको छ ।
रिपोर्टर्स क्लव नेपालले आज राजधानीमा आयोजना गरेको साक्षत्कारमा मन्त्री त्रिपाठीले शान्ति प्रक्रिया अन्तर्गतको सेना समायोजन सम्बन्धि बिषय समेटेर बिशेष समितिमा रोडम्याप पेश गर्ने आन्तरीक गृहकार्य भईरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘माओवादी र मधेशी मोर्चाले शान्ति प्रक्रियालाई ठोस निष्कर्षमा पुराउन आन्तरीक गृहकार्य गरिरहेका छन्, कांग्रेस र एमालेले सहयोग नगरेपनि हामीले शान्ति प्रक्रिया अघि एकतर्फीरुपमा अगाडी बढाउछौ, शान्ति प्रक्रिया अगाडि बढेपछि कांग्रेस र एमालेले सहयोग नगरी सुःखै छैन ।’
साक्षत्कारमा मन्त्री त्रिपाठीले दशैं बिदामा तयार हुने शान्ति प्रक्रिया सम्बन्धि रोडम्यापलाई कांग्रेसले पनि सहयोग गर्ने आश्वासन दिएको बताउनुभयो ।
कांग्रेसले शान्ती प्रक्रियाको रोडम्यापलाई सहयोगगर्ने संकेत दिएको उल्लेखगर्दै मन्त्री त्रिपाठीले भन्नुभयो, ‘एमालेले सहयोग नगरेपनि अब शान्ति प्रक्रियाले गतिलिने छ ।’
‘संविधान–सभा निर्वाचनपछि सबैभन्दा धेरै सत्ताको नेतृत्व एमालेले गरेको छ, सहयोग गर्ने बाध्यता एमालेलाई छ, ’ उहाँले भन्नुभयो, ‘सरकारकातर्फबा प्रस्तुतहुने रोडम्याप शक्तिसन्तुलनका लागि आधार हुने समेत हुने छ ।’
मन्त्री त्रिपाठीले मधेशी मोर्चाले माओवादी नेतृत्वको सरकारलाई जोखिम मोलेर सहयोग गरेको दाबी गर्नुभयो ।
त्रिपाठीले भन्नुभयो, ‘बाबुराम भट्टराईलाई जोखिम मोलेर सहयोग गरेका छौ, यसलाई बिशेष गरेर कांग्रेस र एमालेले सहयोग गर्नै पर्छ ।’ यद्यपी त्रिपाठीले जोखिम मोलेर बाबुराम भट्टराईलाई सहयोग गर्नुपर्ने कारणका बारेमा भने केही खुलाउनु भएन ।
प्रधानमन्त्री बाबुराम भट्टराईले ४५ दिन भित्र शान्ति प्रक्रयाले ठोस प्रगतिसहित अघि बढ्ने भनेर दिएको अभिब्यक्ति माओवादी वा मधेशी मोर्चाका लागि मात्रै नभई समग्र मुलुक र जनताका लागि भएको दाबी समेत गर्नुभयो ।
हामीले ४५ दिन होईन मंसिर १४ लाई ध्यानमा राखेर शान्ती र संविधानका लागि काम गरिरहेका छौ, त्रिपाठीले भन्नुभयो ।
मधेश र मधेशी समूदायले राष्ट्रिय राजनीतिको मुलधारमा आउन गरेको प्रयासलाई सिक्किमिकरण वा राष्ट्रियताको बिरुद्ध जोडिएकोमा आपत्ति जनाउदै त्रिपाठीले पूर्वराजावादी र घोरदक्षिणपन्थी शक्तिहरु मिलेर मधेशलाई मुलुधारमा आउन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाउनुभयो ।
उहाँले चार बुँंदे सहमतीको बिरोधगर्नेहरुका बिरुद्ध मधेशले पनि प्रतिकार गर्ने चेतावनी समेत दिनुभयो ।
कांग्रेस, एमाले र माओवादीको एउटा समूहले चार बुँंदेको बिरोध गरेकोमा आपत्ती जनाउदै उनले चार बुँदे सहमतिले मुलुकलाई अग्रगमन तर्फ लैजाने दाबी समेत गर्नुभयो । सधै सत्ता र शक्तिमा बस्दै आएको एमालेले सत्ता नपाएर बिरोधमा उत्रेको दाबीगर्दै मन्त्री त्रिपाठीले सत्ता कुण्ठाबाट एमाले ग्रसित भएको आरोप लगाउनुभएको छ बताउनुभयो । प्रतिगमन आधा सच्चियो भनेर राजाको शासनमा सहभागीहुने एमालेले चार बुँंदेको बिरोधगर्न नसुहाउनेपनि उहाँले भन्नुभयो ।