पूर्वराजा शक्तिपिठ धाउदै


असोज १७  काठमाडौं । राष्ट्रपति डाक्टर रामवरण यादवले उपत्यकाका विभिन्न शक्तिपिठमा पूजा–अर्चना गरेपछि आज अपरान्ह पूर्वराजा ज्ञानेन्द्र शाहले पनि महाअष्टमीकै अवसरमा उपत्यकाका विभिन्न शक्तिपिठहरुमा पूजा–अर्चना गर्ने कार्यक्रम छ ।

तीन बजेदेखि उपत्यकाका शक्तिपिठको पूजा–अर्चनामा निस्कनुहुने पूर्वराजाले उपत्यकाका विभिन्न शक्तिपिठमा करिव तीन घण्टा विताउने वताइएको छ । राष्ट्रपतिले दर्शन तथा पूजा–अर्चना गर्नुभएका सवै शक्तिपिठमा पूर्वराजा पनि पुग्नुहुने श्रोतले वताएको छ ।

नागरिक जीवनमा फर्किनुभएका पूर्वराजा शाहले विगतका वर्षमा पनि यसरी नै महाअष्टमीको अवसरमा उपत्यकाका विभिन्न शक्तिपिठमा पूजा–अर्चना तथा दर्शन गर्नुभएको थियो ।

Leave a Reply