इलाम नगरपालिका र सोयाङ्ग जोड्ने माईखोलामा पक्की पुल नहुँदा सर्वसाधारणहरु मर्कामा


असोज २० इलाम।  इलाम नगरपालिका र सोयाङ्ग जोड्ने माईखोलामा पक्की पुल नहुँदा सर्वसाधारणले बर्षौंदेखि समस्या झेल्दै आएका छन् ।

सो स्थानमा पक्की पुल नहुँदा सोयाङ्ग, नाम्सालिङ्ग, नयाँबजार, प्याङ्ग लगायत आधा दर्जनभन्दा बढी गाविसका बासिन्दाहरु समस्यामा पर्दै आएका हुन् । पुल नहुँदा त्यस भेगमा सवारी यातायात पनि ठप्प हुने गरेको छ ।

पुल अभावकै कारण सो क्षेत्रमा उत्पादित नगदे तथा कृषिजन्य बालीहरु बिक्रीका लागि बजारसम्म पुर्याउन समेत कठिन हुने गरेको छ । जसका कारण कृषकहरुले उत्पादन गरेका कृषिजन्य बालीहरु बारीमै कुहिएर जाने गरेको स्थानीय कृषक कमल राउतले बताउनुभयो ।

सोही खोलामा स्थानीयले बाँसको फड्के हालेर आवतजावत गर्ने गरेका छन् । त्यस स्थानमा स्थानीयले पटक-पटक पक्की पुल निर्माणका लागि सम्बन्धित निकायमा माग राखेपनि त्यसको सुनुवाई भने हालसम्म पनि नभएको स्थानीयबासीहरु बताउँछन्

Leave a Reply