आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते


असोज १९ झापा   । झापाको टाघनडुव्वामा एक किशोरले आफ्नै शरीरमा आगो लगाउँदा गम्भीर घाइते भएका छन् । टाघनडुव्वा ८ का धन वहादुर श्रेष्ठका १६ बर्षीय छोरा प्रवेशले  दिउँसो पौने २ बजे आफ्नै घरको भान्सा कोठामा पसी शरीरमा मट्टीतेल खन्याएर आगो लगाइ आत्महत्याको प्रयास गर्दा घाइते बनेका हुन् ।

आगोले जली सिकिस्त भएका प्रवेशलाई उपचारका लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको र घटनाका बारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Leave a Reply