असोज २३ धनकुटा। पर्यटकिय तथा व्यापारिक केन्द्रको रुपमा रहेको धनकुटाको हिले वजारमा पछिल्लो समयमा बैङ्क तथा वित्तिय संस्थाहरुको आकर्षण बढेको छ । पर्यटकिय केन्द्रका साथै पहाडी जिल्लाहरुको बिभिन्न क्षेत्रका लागि आवश्यक सामाग्रीहरुको खपतका कारण आर्थिक कारोबार बढी हुने गरेको हिले बजारमा बैङ्क तथा वित्तिय संस्थाहरुको आकर्षण बढ्न थालेको हो ।
केही बर्ष अगाडीसम्म बैङ्क तथा वित्तिय संस्थाहरु नरहेको हिले बजारमा छोटो समय अवधीमा सरकारी तथा निजि स्वामित्वमा रहेका बैङ्क तथा वित्तिय संस्थाहरु प्रसस्त मात्रामा खुलेका छन । हालसम्म हिले बजारमा नेपाल राष्ट्र वैक, स्टेण्डर्ड फाईनान्स लिमिटेड, कावेली विकास बंैक र लक्ष्मी बैंकको शाखा बिस्तार भईसकेको छ भने अन्य आर्थिक कारोबार गर्ने संस्थाहरु समेत प्रसस्त मात्रामा खुलेका छन ।