असोज २७ चितवन। एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिवर्तनलाई आन्तिम बिन्दुमा पु¥याएर महान नेपाल निर्माणको अभिभारा पुरा गर्ने बताउनुभएको छ । पिता मुक्तिराम दाहालको सातौं दिनको तिथिमा आयोजित श्रद्धाञ्जली सभामा दाहालले आफ्नो उद्देश्यमा सदैव अविचलित रहने प्रतिबद्धता जनाउनुभयो ।
निकै भावुक रुपमा प्रस्तुत भएका प्रचण्डले पिताको निधन र राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रले पिता प्रति देखाएको श्रद्धाले आफूलाई शान्ति र संबिधानलाई जनताको चाहना अनूरुप अघि बढाउने प्रेरणा मिलेको बताउनुभयो । कार्यक्रममा बोल्ने माओवादी नेताहरुले प्रचण्डलाई पिताले देखाएको बाटो पच्याउ“दै जनक्रान्ति, शान्ति र संबिधान निर्माणलाई अन्तिम बिन्दुमा पु¥याउन नायकको भूमिका खेल्न सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै माओवादीका स्थाई समिति सदस्यहरु अमिक शेरचन, देव गुरुङ, नेत्रबिक्रम चन्दले राष्ट्रिय स्वाधिनताका लागि बुबाको प्रेरणाको अनुसरण गर्दै देशमा एकता, समृद्धि र परिवर्तनको नेतृत्व लिने सच्चा नायकको आवश्यकता रहेको औल्याए ।
कार्यक्रममा संबिधानसभाकी सभामुख पूर्णकुमारी सुवेदी, अर्थ मन्त्री बर्षमान पुन, माओवादी प्रवक्ता दिनानाथ शर्मा, अनेराश्ववियु क्रान्तिकारीका अध्यक्ष हिमाल शर्मा, नेपाली काग्रेस चितवनका सभापति विकास कोइराला, राप्रपा नेपालका बद्रि तिमिल्सिना, राष्ट्रिय जनमोर्चाका मोहनमणी ढकाल, छिमेकीका तर्फबाट रविमोहन कोपिला लगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।