वार्षिक ३ लाख आम्दानि हुन थालेपछि नाम्सालिङ्गका किसान दङ्ग

असोज २४ इलाम ।  फलफूल र तरकारि खेति तथा पशुपालन ब्यवसायलाई एकैसाथ अङ्गाल्नु भएका इलाम नाम्सालिङ्ग ८ का किसान टंक देवानले बार्षिक तीन लाख रुपैया सम्म आम्दानी गर्न सफल हुनु भएको छ । किसान देवानलाई जिल्ला कृषि विकास कार्यालय इलामले वर्षोत्कृष्ठ किसानको रुपमा सम्मान गरेको छ । 

देवानले फलफूल खेति गरेरै मात्र वार्षिक २ लाख, तरकारि खेतिबाट ८० हजार पशुपालनबाट ३० हजार रुपैया आम्दानि गर्दै आएको बताउनुभयो । देवानले सुन्तला, आँप, कागति, टमाटर, खोर्सानी र पशुपालन ब्यवसायमा दुग्ध ब्यवसाय गर्दै आउनु भएको छ । उत्पादन गरेका बस्तुमध्ये सुन्तला मात्रै ब्यपारिहरुले घरमै आएर खरिद गर्ने गरेका छ् भने, अन्य सबै फलफूल आफैले डोकामा बोकेर विक्रीका लागि इलाम बजार सम्म लैजानु पर्ने बाध्यता रहेको उहाँले बताउनुभयो । 

किसानहरुमा  प्राविधिक ज्ञानको अभाव, आधुनिक खेतितर्फ अनभिज्ञता, किसानवीचको एकता नहुनु लगायतका कारणले किसानहरुले कुनैपनि खेतीलाई ब्यवसायिकता दिन नसकेको कृषक टंक देवानले बताउनु भयो ।

Leave a Reply