परिषद्द्धारा घोषणा गरिएको आन्दोलनका कार्यक्रम फिर्ता


असोज २४ ताप्लेजुङ । संघिय लिम्बुवान राज्य परिषद्ले भोलिदेखि आह्वान गरेको प्रस्तावित लिम्बुवान बन्द फिर्ता लिएको छ । परीषद्ले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारकारको तर्फबाट लिम्बुवान क्षेत्र घोषणाको विषयमा बार्ता गर्ने तयारी भएको कारण भोलिदेखि आवाहान गरीएको बन्द फिर्ता लिएको बताएको छ । 

परिषदले केहि दिन अघि गत भदौ १३ गते विर्तामोडको एक होटलमा नेपाल सरकार गृह मन्त्रालयको तर्फबाट धरणिधर खतिवडा र संघिय लिम्बुवान राज्य परीषदका तर्फबाट खेसेहाङ्ग खुजुमबीच भएको पाँच बुदे सहमतिको एक बुदा लिम्बुवान क्षेत्र घोषणा गर्ने सम्बन्धमा पुन बार्ताको लागि असोज ९ गते गरीने भनीए पनि बार्तामा नबोलाएको भन्दै भोलिदेखि तीन दिन सम्म प्रस्तावित लिम्बुवान क्षेत्र बन्दको घोषणा गरेको जनाएको थियो ।

Leave a Reply