कार्तिक १ झापा । झापाको बाहुन डाँगीमा मामाको मोटरसाइकल भाञ्जाले जलाएर ध्वस्त पारिदिएका छन् । मोरङको अमरदह-५ बाट बाहुण्डाँगी-९ मा रहेकी दिदी पार्वती राईलाई भेटन आएका दिपक राईको को ९ प ३३३८ नम्बरको मोटरसाइकल उनका भाञ्जाले जलाएका हुन् ।
दिपकका भाञ्जा १७ बर्षे सुवास राईले मामासँग मोटरसाइकल कुदाउन माग्दा नदिएको रिसमा आज विहानै साथी प्रेम गुरुङसँग मिलेर मोटरसाइकलमा आगो लगाइ फरार भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले उनीहरुको खोजी कार्य गरिरहेको समेत बताएको छ ।