असोज २७ इलाम। इलाममा चाडवाडको समयमा पनि इलामका पश्चिमी गाविसमा खाद्यान्न संकट परेको छ । केहि समय अघि आएको अविरल वर्षाले सडकमा क्षति पुरयाएर यातायात ठप्प भएपछि जिल्लाको पश्चिमि क्षेत्रमा खाद्यान्न अभाव भएको हो । विभिन्न स्थानको सडकमा क्षति पुगेपछि खाद्यय सामाग्री ल्याउन नसक्दा स्थानियलाइ संकट छाएको हो ।
जिल्लाको वाँझो, साक्फारा, लुम्दे, गजुरमुखि, फुएतप्पा, इभाङ्ग, आम्चोक तथा पाँचथरको रवि, कुरु्ङवा लगायतका गाविसमा खाद्यान्न संकट परेको स्थानियवासीको भनाई छ । आफूहरुले हाल कुहिएको चामल किनेर खान वाध्य हुनु परेको इभाङ्गका अनिश सुनुवारले बताउनुभयो ।
स्थानिय व्यपारिले हिउदमा ल्याएको चामल केहि स्टक रहेर कुहिएको भएपनि महङ्गो मुल्यमा किनेर खान वाध्य हुनु परेको स्थानीयवासीको गुनासो छ ।