देउवासँग वार्ता गर्ने आफ्नो प्रयास सफल नभएको कोइरालाको भनाइ

असोज १४ काठमाडौँ । काङ्ग्रेस सभापति सुशील कोइरालाले आफूले पटकपटक नेता शेरबहादुर देउवासँग कुरा गर्न खोज्दा पनि उहाँले कुरा गर्न नचाहेको बताउनुभएको छ । आज भक्तपुरमा काङ्ग्रेसको विद्यार्थी, किसान र महिला सङ्घले संयुक्त रुपमा गरेको चियापानमा सभापति कोइरालाले कुरा गरेर समस्या समाधान गर्न सकिने भएपनि देउवाले कुरा गर्न नचाहेको बताउनुभयो । “म कुरा गरौँ भन्छु, तर देउवाले पहिले भ्रातृसङ्गठन विघठन फिर्ता लिनुप¥यो भन्नुहुन्छ, यसमा कुरा मिलिरहेको छैन” सभापति कोइरालाले भन्नुभयो । 

माओवादी र काङ्ग्रेसबीच त कुरा भइरहेको छ भने हामी बीचमा कुरा नहुने कुनै सम्भावना रहेको बताउनुभयो । नेता देउवाले भ्रातृसङ्गठनको विवादकै कारण केन्द्रीय सदस्यबाट राजीनामा दिइसक्नु भएको छ । उहाँले आफू तानाशाही बनेको टिप्प्णीको खण्डन गर्दै आफू कुनै हालतमा तानाशाह नबनेको र बन्न पनि नचाहेको बताउनुभयो । दसैमा माओवादीसँग वार्ता गरि शान्ति प्रक्रियाका विवाद समाधानको प्रयास गरिने पनि कोइरालाले बताउनुभयो ।



Leave a Reply