असोज १४ काठमाडौँ । उपप्रधानमन्त्री एवम् एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकार र माओवादीले मात्र चाहेर शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसक्ने बताउनुभएको छ । काङ्ग्रेस, एमाले सहमत नभए शान्ति प्रक्रिया एक्लै अगाडि बढाउने माओवादीका नेताहरुले बताइरहेका बेला उपप्रधानमन्त्री श्रेष्ठको यो धारणा सार्वजनिक भएको हो । काङ्ग्रेस एमालेप्रति लक्षित गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो– ठूला दलहरुले एक पछि अर्को अड्को थापिरहेका छन् । जसले गर्दा शानित प्रक्रियाको काम रोकिएको छ ।”
माओवादी भक्तपुरले आयोजना गरेको चियापान कार्यक्रममा श्रेष्ठले माओवादी लडाकुको सम्मानजनक समायोजन र पुनस्र्थापना नभएसम्म शान्ति प्रकृया टुङगोमा पुगेको नमानिने उल्लेख गर्नुभयो । अहिले देखा परेको विवादले पार्टी नफुट्ने समेत उहाँले दावी गर्नुभयो ।