ताप्लेजुङमा आगलागि हुदा ८० लाख बराबरको क्षति

 असोज २३  ताप्लेजुङ। ताप्लेजुङको दोखु गाविसमा आज विहान एक घरमा आगलागी हुदा ८० लाख रुपैँया बराबरको क्षति भएको छ । दोखु ८ निवासी बेद पालुङ्वाको घर र मतानमा बिहान ८ बजे  आग्लागी भएको थियो । आगलागीबाट घरमा भएका अन्न, लताकपडा, नगद लगायतका सामान जलेर नस्ट भएको पीडित पालुङ्वाले बताउनुभयो । 

स्थानियबासी, प्रहरी र नेपाली सेनाको प्रयासमा आगो नियन्त्रणमा आएको थियो । विद्युत्को तार सर्ट भई आगो लागेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।   

Leave a Reply